एसएसपी रानाभाटको राजीनामा स्वीकृत, रोकिएको बढुवा आज सार्वजनिक हुने सम्भावना

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार रानाभाटको राजीनामा स्वीकृत भएपछि केही समयदेखि रोकिएको एसपीबाट एसएसपीमा बढुवा सिफारिस आजै प्रकाशित हुने सम्भावना देखिएको छ।

नेपाल प्रहरीमा हाल ६ वटा एसएसपी दरबन्दी रिक्त रहेका कारण बढुवा प्रक्रिया केही समयदेखि रोकिएको थियो। तर रानाभाटको राजीनामा स्वीकृत भएपछि बढुवा सिफारिसको बाटो खुलेको गृह स्रोतको भनाइ छ।

बढुवा प्रक्रिया रोकिँदा बढुवाको मुखमै रहेका प्रहरी उपरीक्षक (एसपी)हरु अन्योलमा परेका थिए। अब भने गृह मन्त्रालय र प्रहरी मुख्यालयबीच समन्वय भई बढुवा सिफारिस अन्तिम चरणमा पुगेको बताइएको छ।

स्रोतका अनुसार बढुवा सूचीमा योग्यता, कार्यसम्पादन मूल्यांकन र अनुभवका आधारमा प्रतिस्पर्धा तय गरिएको छ।
बढुवाको सिफारिस प्रकाशित भएसँगै प्रहरी नेतृत्व संरचनामा नयाँ ऊर्जाको सन्चार हुने अपेक्षा गरिएको छ।

एक वरिष्ठ अधिकारीले भने,

“रानाभाटको राजीनामा स्वीकृतिले बढुवा प्रक्रिया सहज बनाएको छ। अब संगठनमा नयाँ अनुशासन र कार्यगत उत्साह देखिनेछ।”

यससँगै लामो समयदेखि प्रतीक्षारत एसपीहरूका लागि आजको दिन उम्मेदवारी र अवसरको मोड बन्न सक्ने देखिएको छ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
155 Shares