आईजीपी चन्द्रकुबेर खापुङले भने: कानून कार्यान्वयन गर्न भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा ठिक भएन, विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी संरचना नराखे हुन्छ
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन् ।
आईजीपी खापुङले नेपालीको दिमागमा सोसल मिडियाबाट बिध्वंशको बारुद भर्ने प्रवृत्तिले देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी समेत दिएका छन् । उनले भदौ २३ र २४ को घटनामा प्रहरीलाई दोहोरो मारमा पार्न खोजिएको बताए ।
खापुङले भने- यस्तो प्रदर्शनहरूमा, राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो । निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ । जब तपाईँको घर सरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो । यो क्रम रेगुलर रहने हो भने के होला ? प्रदर्शनकारी यस्तै गर्दै जाने, सामाजिक सञ्जाल सोसल मिडिया हाम्रो त्यस्तै छ । आम सोसल मिडियाबाट मानिसको दिमागमा बारुद भर्दै जाने हो भने देश, समाज र हामी रहन्छौं ? त्यसैले हामीले शान्त भएर देशलाई सबैभन्दा अगाडि राखेर संयमित हुनुपर्छ ।
आईजीपी खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा चित्त दुःखाएका छन् । उनले भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले नदिएको र कानूनमा समेत त्यो व्यवस्था नरहेको बताए ।
खापुङले संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने प्रष्ट पारेका छन् । भदौ २३ मा पनि न्यून बल प्रयोग गर्न तत्कालीन सरकारले निर्देशन दिएको र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको आईजीपीले बताए ।
संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको आईजीपीले बताए ।
आन्दोलनकारीले निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने आईजीपीले बताएका छन् । उनले विध्वंस हुँदा प्रहरीले बल प्रयोग गर्न नपाउने हो भने संगठन नै नचाहिने प्रष्ट पारेका छन् । यस्तो बेलामा उल्टै प्रहरीलाई बयानमा बोलाउने कुरामा पनि उनले असन्तुष्टि जनाएका छन् ।
खापुङले भने- मैले यसबीचमा सिपाही हवल्दार सबैसँग भेटेर कुरा गरेको छु । कानून बमोजिम कामकारबाही गर्दा पुलिसलाई किन छानबिनको दायरमा ल्याइन्छ ? आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छ, राज्यप्रतिको जिम्मेवारीमा प्रहरी हिजो पनि आज पनि प्रतिबद्ध छ । कहिलेकहिँ लाग्छ ती सिपाहीको आवाज कसले बोल्ने ? जुन प्रहरीले पानी नखाई, भोकभोकै लडेको छ उसैले आज बयानको लागि धाइराख्ने परिस्थिति आउँछ भने कसले बोल्ने ? आईजीपीले बोल्नुपर्यो नि !
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



