
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जानकी गाउँपालिका–१ दुर्गौली घर भएर काठमाडौँ–३२ सहयोगीनगर बस्दै आएका मनोज ढुंगाना छन् ।
२१ वर्षीय ढुंगानाको साथबाट मल्टी ग्याँस गन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । यसअघि इन्साससहित पक्राउ परेका शिवराज धमलाको बयानको आधारमा ढुंगाना पक्राउ परेका हुन् ।
उनलाई कातिक १९ मा अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट पक्राउ गरेको थियो । धमलाको डेराबाट इन्सास, सटगन र पेस्तोल बरामद गरिएको थियो । धमला पठाओ चालक हुन् ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





