थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
काठमाडौं।
काठमाडौं महानगरपालिका र प्रशासनबीचको पछिल्लो तनाब पुनः सतहमा आएको छ। आफैँलाई नेपाल प्रहरीको एसएसपी सरह भन्दै काम गर्दै आएका राजुनाथ पाण्डे हाल थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय भत्काउने प्रयासपछि पुनः विवादमा तानिएका छन्।
मेयर बालेन शाहका नजिकका मानिने पाण्डे ‘इमानदार सिपाही’ भनेर परिचित छन्। तर उनको शैली, व्यवहार र पदीय दुरुपयोगबारे प्रश्न उठ्न थालेका छन्।
गुरागाइँ निलम्बन र अदालतको आदेश
गत वर्ष मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेशमा रोक लगाएपछि त्यसको नेतृत्व पाण्डेले नै गरेका थिए।
त्यसपछि गुरागाइँले पाण्डेलाई पदीय मर्यादा उल्लंघन गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरे। पाण्डे अदालत पुगे र ‘अन्तरिम आदेशका लागि काम रोक्नु नपर्ने’ निर्णय ल्याएर फर्किए। त्यसपछि उनले आफैंलाई ‘सारथी होइन, बालेनकै अवतार’ ठान्न थालेको कार्यालयभित्र चर्चा छ।
मातहत कर्मचारीसँग बोल्ने भाषाशैलीदेखि आदेश दिने तरिकासम्म उनको आनीबानीले प्रशासनभित्र असन्तोष बढाएको स्रोतहरू बताउँछन्।
अन्तरिम ‘कामु प्रमुख’ दुई वर्षदेखि स्थायी
केवल छ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएका पाण्डे हाल साढे दुई वर्ष बितिसक्दा पनि सोही पदमा स्थायी जस्तै बनेका छन्। उनले प्रयोग गर्ने फुली र दर्जा दुवै कानुनविपरीत रहेको महानगरका कर्मचारीहरूको दाबी छ।
विद्यासुन्दर शाक्यको कार्यकालमा कर्मचारी समायोजनका नाममा निरीक्षकबाट दुई तह बढुवा भई एसपीसम्म पुगेका पाण्डेलाई सो बढुवा समेत नियमविपरीत गरिएको बताइन्छ।
फुली लगाइदिने अधिकारी र आदेश दिने बालेन दुवै जिम्मेवार
पाण्डेलाई ‘कामु एसएसपी’ का रूपमा लैजान आदेश दिने बालेन शाह र फुली लगाइदिने तत्कालीन प्रशासकीय प्रमुख वसन्त अधिकारी दुवैलाई स्रोतहरूले जिम्मेवार ठहर गरेका छन्।
रोचक त के भने, पहिले सरोज गुरागाइँलाई हटाउने प्रयासमा लागेका बालेन अहिले भने “सरोज नै ठीक” भन्दै नजिकिएका छन्। उता गुरागाइँले पनि राजु पाण्डेलाई यथास्थानमा राख्ने मौखिक सहमति दिएको बुझिएको छ। यसै कारण उच्च अदालतको आदेश कार्यान्वयन नगरी पाण्डे अझै पदमा छन्।
‘जेनजी आन्दोलन’का बेला धम्की र फाइल फेर्ने काण्ड
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का रातमा पाण्डे आफ्ना सल्लाहकार सुनिल लम्साल र सन्तोष पाण्डेसहित गुरागाइँको निजी निवासमा पुगेर धम्क्याएको स्रोतको दाबी छ।
त्यो रात नै “नेताहरूको घर जल्ने ख्याल गर” भन्दै केही फाइलमा पुरानो मिति राखेर हस्ताक्षर गर्न लगाइएको बुझिएको छ। सोहीपछि काठमाडौं टावरसम्बन्धी स्वीकृत नक्सा फेर्ने निर्णयसमेत गरिएको बताइन्छ।
थापाथली ट्राफिक कार्यालय भत्काउने प्रयास
गत हप्ता राजु पाण्डेले एसपी पूर्णचन्द्र भट्टराईको नेतृत्वमा तीन दर्जनभन्दा बढी नगर प्रहरीलाई लिएर थापाथलीस्थित महिला ट्राफिक प्रहरी कार्यालयमा डोजर पठाएका थिए।
तर नेपाल प्रहरीसँग मुठभेड हुने स्थिति बनेपछि वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकार हस्तक्षेप गर्दै भत्काउने कार्य रोकाएका थिए।
‘फण्डा मिलिसकेको’ बुझाइ
महानगरभित्र अहिले बालेन र सरोज गुरागाइँबीच पुनः नजिकता बढेको र काठमाडौं टावरसम्बन्धी विवाद समाधान (फण्डा मिलिसकेको) भन्ने बुझाइ कर्मचारीबीच फैलिएको छ।
नगरपालिकाभित्रका एक वरिष्ठ कर्मचारी भन्छन्,
“राजु पाण्डे अहिले प्रहरीभन्दा बढी मेयरकै हैसियतमा छन्। अदालतको आदेशमाथि पनि उनीहरूको व्यवहारले प्रश्न उठाएको छ।”
राजु पाण्डे प्रकरणले काठमाडौं महानगरभित्र ‘कानुनभन्दा व्यक्ति ठुलो’ भन्ने प्रवृत्तिको झल्को दिएको छ।
अदालत, प्रशासन र राजनीतिक नेतृत्वबीचको त्रिकोणीय सम्बन्धले सुशासनभन्दा शक्ति प्रदर्शनको खेल ठूलो बन्दै गएको देखिन्छ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



