नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित प्रशासकीय कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर र लेक्चर सहित प्रशासकीय कर्मचारीहरु माग गरेको हो ।
जारी सूचना अनुसार क्यास काउन्टर इन्चार्ज, स्टोर इन्चार्ज तथा मार्केटिङ अफिसर समेत माग गरिएको छ । माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले इमेलमा आफ्नो ब्यक्तिगत विवरणहरु पठाउनु पर्नेछ । सम्बन्धित विषयहरुमा विशेषज्ञता हासिल गरेका तथा अनुभव हासिल गरेकालाई प्राथमकितामा राखेर अन्तरवार्ताका लागि बोलाइने जनाइएको छ ।
कलेजले आफ्नो स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अझ प्रभावकारी बनाउनका लागि थप जनशक्तिहरु माग गरेको छ । कार्डियोलोजी, अंकोलोजी सहित अत्याधुनिक नयाँ एमआरआई सञ्चालन गर्ने तयारीमा रहेको कलेजले दक्ष जनशक्ति माग गरेको बताएको छ । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा लामो समयदेखि समर्पित विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले नेपाल मेडिकल कलेज लिएसँगै यहाँका स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा दिनानूदिन सुधारहरु भइरहेको छ । भने, अत्याधुनिक चिकित्सकीय उपकरण र दक्ष स्वास्थ्यकर्मी भएकोले बिरामीको चाप पनि बढिरहेको छ ।
हेर्नुहोस् सूचना
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



