घुमुवा प्रणाली फेरि विवादमा : डिआइजीको नाममा प्रदेशमा सक्रिय दुई घुमुवाको गतिविधिबाट व्यापारी त्रस्त

काठमाडौं । प्रहरी संगठनभित्र वर्षौंदेखि विवादित मानिँदै आएको ‘घुमुवा प्रणाली’ फेरि एकपटक पुनः चर्चामा आएको छ। पाठकहरूले पठाएका गुनासोअनुसार, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत कार्यरत दुई सहायक हवल्दार पछिल्लो समय डिआइजी राजेन्द्र प्रसाद भट्टको नाममा घुमुवा गतिविधि सञ्चालन गर्दै व्यापारी तथा तस्करीसँग जोडिएका व्यक्तिसँग भेटघाट र आर्थिक दबाब दिएको आरोप छ।

‘घुमुवा संस्कृति नै विवादको मूल स्रोत’

प्रहरी तथा सशस्त्र दुवै संगठनमा सूचना संकलनका नाममा परिचालित घुमुवाहरू आर्थिक संकलनका लागि प्रयोग हुने गरेको आरोप पुरानो हो।

  • कार्यालय हाकिमका प्रत्यक्ष निर्देशनमा
  • विभिन्न व्यवसायी, व्यापारी तथा सीमावर्ती क्षेत्रका व्यक्तिहरूबाट
  • ‘मामिला मिलाइदिने’ वा ‘उच्च अधिकारीको काम चलाइदिने’ भन्दै रकम संकलन गरिने
    गुनासो व्यापारीहरूले निरन्तर गर्दै आएका छन्।

विभागीय कारबाही वा सरुवा गरेर रोकिएको देखिए पनि केही महिनामै ती घुमुवाहरू पुनः सोही ठाउँमा फर्केर असुली अभियान सञ्चालन गर्ने अवस्था देखिएको पाठकहरूको दाबी छ। प्रहरीभित्र निरीक्षकदेखि डिआइजीसम्मका कतिपय अधिकारीहरूले पहिले आफ्नो घुमुवाका रूपमा काम गरेका मानिसलाई नै संरक्षण गर्ने अवस्था रहेको आरोप पनि उठ्दै आएको छ।

डिआइजी भट्टको नाममा घुमुवाको सक्रियता ?

पश्चिम नवलपरासी र रूपन्देही जिल्लाका व्यापारीहरूले पठाएको गुनासोअनुसार, पछिल्लो समय दुई जना सहायक हवल्दार डिआइजी राजेन्द्र प्रसाद भट्टको नाममा गतिविधि सञ्चालन गरिरहेको दाबी गरिएको छ।

१. सहायक हवल्दार ओमप्रकाश यादव—पश्चिम नवलपरासीमा सक्रिय
संघीय प्रहरी कार्यालयको फेडरल ब्युरोमा दरबन्दी भए पनि यादव पश्चिम नवलपरासीका तस्करदेखि व्यापारीसम्मलाई

  • फोन गर्ने
  • भेट्ने
  • ‘उच्च अधिकारीको निर्देशन’ भन्दै विभिन्न माग अघि सार्ने
    जस्ता गतिविधि गर्दै आएको आरोप व्यापारीहरूले लगाएका छन्।
Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
244 Shares