चितवनमा जेन–जी आन्दोलनका तोडफोडकारीमाथि प्रहरीको कडाइ ,पहिले नै सजाय भोगिसकेका ८ सहित २८ जना पक्राउ
चितवन । जेन–जी आन्दोलनका क्रममा चितवनका सरकारी, निजी तथा व्यवसायिक संरचनामा गरिएको आगजनी र तोडफोडका घटनामा संलग्न २८ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। प्रहरीले संकलन गरेका भिडियो, भिजुअल प्रमाण र सूचनाका आधारमा ती व्यक्तिहरूको पहिचान गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ७ जना विभिन्न आपराधिक मुद्दामा यसअघि नै जेल सजाय भुक्तान गरिसकेका व्यक्ति रहेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले बताय अनुसार, उनीहरूमध्ये केही व्यक्तिले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार, चोरी, अभद्र व्यवहार जस्ता गम्भीर मुद्दामा एकभन्दा बढी पटक सजाय भोगेका थिए।
सबैभन्दा चर्चित पक्राउमध्ये नरेन तमु उर्फ राजबहादुर गुरुङ रहेका छन्। उनी यसअघि तीन वटा मुद्दामा जेल भुक्तान गरेका व्यक्ति हुन्। २०७४ देखि २०७६ सालसम्म ज्यान मार्ने उद्योगमा तीन वर्ष कैद भोगेका उनले त्यसअघि लागुऔषध र अभद्र व्यवहारका मुद्दामा पनि सजाय काटेका थिए। तमु हाल भाटभटेनी सुपरमार्केट परिसरको एटिएम तोडफोड तथा विभिन्न सरकारी कार्यालयहरूमा गरिएको क्षतिमा संलग्न रहेको भिडियो प्रमाणका आधारमा पक्राउ परेका हुन्।
एसपी पुरीका अनुसार, यसरी बारम्बार अपराधमा संलग्न व्यक्तिहरू आन्दोलनका नाममा हिंसा र तोडफोडमा जुटेको तथ्य निकै गम्भीर विषय भएको छ। “लागुऔषध र अभद्र व्यवहारमा पटक–पटक समातिएका अन्य केही व्यक्ति पनि यसपटकको घटनामा सक्रिय देखिए,” उनले बताए।
भदौ २४ गते चितवनमा भएको आपराधिक गतिविधि—हातहतियार खोस्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगजनी तथा तोडफोड—पछि प्रहरीले व्यापक अभियान सञ्चालन गरेको थियो। हालसम्म पक्राउ परेकामध्ये १६ जना प्रहरी नियन्त्रणमै छन् भने १२ जनालाई परिवारको हाजिरी जिम्मामा छोडेर अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले चितवनमा भएको क्षति, संलग्न समूहको संरचना र पुनरावृत्त अपराधका कारण प्रदेशको आन्तरिक सुरक्षामा परेको दबाबलाई मध्यनजर गर्दै घटनालाई ‘गम्भीर आपराधिक चुनौती’ को रुपमा हेरेको छ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



