आईजीपी दानबहादुर कार्कीको दर्ज्यानी क्षण : फाटेको झोलादेखि देशको सुरक्षा जिम्मेवारीसम्मको प्रेरणादायी यात्रा
काठमाडौं । फाटेको झोला छिमेकी भोटे–दमाई दाईलाई टाल्न दिएर त्यही थोत्रो झोला भिरेर काठमाडौँतिर यात्रामा निस्किएका गुल्मी घमिरका दानबहादुर कार्की आज नेपाल प्रहरीको सर्वाेच्च पद—प्रहरी महानिरीक्षक (आईजीपी)—को दज्यानी चिन्ह ग्रहण गर्दा बर्बरी आँसु रोक्न सकेनन्।
जीवनका कठिन मोडहरू पार गर्दै अघि बढेका कार्कीका लागि त्यो क्षण साधारण पद हस्तान्तरणभन्दा धेरै गहिरो भावनाले भरिएको थियो। एक समय फाटेको झोलासँगै भविष्य कस्ता उकाली–ओराली उतार–चढाव ल्याउने होलान्? भन्ने छिनोफानो मन बोकेका कार्की अहिले देशको शान्ति–सुरक्षाको सबभन्दा भारी जिम्मेवारी लिएर उभिएका छन्। सम्भवतः यही यात्राको दृढता, संघर्ष र सफलता सम्झँदा उनका आँसु स्वतः झरे।
उहाँकै संघर्ष र इमानदार यात्राको साक्षीजस्तै, अस्तीदेखि उहाँकी आमाले पनि निरन्तर आँसु झारिरहेकी छन्—यो गर्वको, प्रशंसाको र जीवनभरको मेहनत सफल भएको अनुभूतिका आँसु हुन्।
जिन्दगी कहिले ओरालो झर्छ, कहिले उकालो चढ्छ—तर दृढ हिँड्नेको बाटो कहिल्यै बन्द हुँदैन भन्ने उदाहरण बनेका छन् दानबहादुर कार्की।
अब उनको नेतृत्वमा नेपाल प्रहरी नयाँ रफ्तार, नयाँ सोच र प्रभावकारी संगठनात्मक परिवर्तनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
भक्कानिएका आँखाभित्रको करुण कथा र काँधमा परेको विशाल जिम्मेवारी—यी दुईले मिलेर बनाएको छ, आईजीपी कार्कीको प्रेरक यात्राको नयाँ अध्याय।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



