

प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। जङ्गी अड्डामा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा सेनापति सिग्देलले नव–नियुक्त प्रहरी प्रमुख कार्कीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै आन्तरिक सुरक्षा सुदृढीकरणका विषयमा संवाद थालेका हुन्।
भेटवार्ताका क्रममा दुवै निकायका प्रमुखबीच समन्वय, आपसी सहयोग, सुरक्षा संयोजन र आगामी दिनमा थप प्रभावकारी सहकार्यका सम्भावित क्षेत्रहरूको बारेमा पनि सकारात्मक छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।
आइजीपी कार्कीले सेनाको निरन्तर साथ–सहयोगप्रति आभार व्यक्त गर्दै शान्ति–सुरक्षा कायम राख्न दुवै संस्था हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो भेटवार्तालाई सुरक्षा संयन्त्रबीचको आपसी विश्वास सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…





