जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
काठमाडौं ।
भदौ २३ र २४ का दिन भएका जेन–जी आन्दोलनका घटनाहरु नेपाली नागरिकका लागि सदैैँभरि स्मरणीय रहनेछन्। ती दुई दिनमा देशले यस्तो विध्वंस देख्यो, जुन धेरैले आफ्नो जीवनमा पहिलोपटक भोगे। आन्दोलनकारीको उग्र भीडसँग जुध्दै प्रहरीले बिताएको क्षण अत्यन्त कष्टपूर्ण र जोखिमपूर्ण थियो।
सिपाहीदेखि लिएर कमाण्डरसम्म दुई दिनसम्म निरन्तर सडकमै रहे—भोकै, थकित, तर कर्तव्यबाट पछि नहट्ने संकल्पका साथ। उनीहरूको बर्दी खोसियो, हतियार लुटियो, कुटपिट भयो। कर्तव्य निर्वाहका क्रममा तीन जना प्रहरी वीरगति प्राप्त गरे भने सयौं घाइते भए। कोहीको आँखा फुट्यो, कोहीको हात भाँचियो, तर प्रहरीको साहस र अनुशासन कमजोर परेन।
संसद्मा पहिलो आक्रमण
पहिलो दिन नै प्रदर्शनकारीहरूको लक्ष्य संसद् भवन बन्यो। भीड संसदभित्र पसेर तोडफोड र आगजनीमा उत्रिएपछि मात्र प्रहरीले रबर बुलेट र अश्रुग्याँस प्रयोग गर्न बाध्य भयो। यसअघि प्रहरीहरू निरन्तर ढुंगामुढा सहेर प्रदर्शनकारीलाई रोकिन विन्ती गरिरहेका थिए।
माइतीघर मण्डलामा खटिएकी थानकोट वृत्तकी डिएसपी एलिजा गिरीको नाकमा ठूलो ढुंगा लागेर रगत बग्यो। तर पनि उनी फील्ड नछोडी आफ्नो टोलीसँगै मोर्चामा उभिरहिन्। त्यहीँ खटिएका कालिमाटी वृत्तका डिएसपी मधुकुमार थापालाई रड प्रहार हुँदा खुट्टा गम्भीर घाइते भयो। अहिले पनि उनको खुट्टा सूजेकै छ।
डिएसपी राजबहादुर महर्जन र लैनचौरका डिएसपी जागेश्वर भण्डारी पनि त्यही भिडन्तमा चोटग्रस्त भए। यद्यपि, चोटको पर्वाह नगरी उनीहरू निरन्तर ड्युटीमै रहे—जनता र सार्वजनिक सम्पत्ति जोगाउन।
प्रहरीको संयमता र समर्पण
आन्दोलनकारीले अन्य सार्वजनिक संरचनामा आगजनी गर्न खोज्दा प्रहरीहरूले हात जोडेर आग्रह समेत गरे—‘कृपया आगो नलगाइदिनुहोस्’। देशका संरचनालाई जोगाउन प्रहरीले गरेको धैर्य, संयम र समर्पण सराहनीय रह्यो।
एक वरिष्ठ अधिकारीका शब्दमा—
“जेन–जी प्रदर्शनमा सार्वजनिक सम्पत्ति बचाउन प्रहरीले जुन बहादुरी देखायो, त्यो प्रशंसनीय छ। हातमा साबेल, रड, केमिकल केक बोकेर आएका प्रदर्शनकारीसँग उनीहरू निर्भीक भएर लडे। केही नहुँदा पनि प्रहरी देशका लागि यसरी लड्छ भने, सरकारले सानो मात्र सहयोग गरिदिए कति गर्ला र!”
दुई दिनको त्यो संकट, सुरक्षा बलको त्याग र नागरिकले देखेको भयावह क्षण—सबै मिलेर देशको इतिहासमा एउटा गहिरो घाउ पनि बनेको छ र प्रहरी संगठनको अदम्य साहसको गाथा पनि।
समाज
थप सामाग्री
काभ्रेका ललित गिरी धोबीखोलामा साइकलसहित मृत फेला
३ दिन अगाडि
3.5kViews 113 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा…



