

मानसिक स्वास्थ्य विषयमा एक दिने सेमिनार सम्पन्न !

14.6kViews
162
Shares
किड्जी सानेपाको आयोजनामा “No Health Without Mental Health” अर्थात मानसिक स्वास्थ्य बिना समग्र सुस्वास्थ्य सम्भव छैन भन्ने नारा एवं शीर्षक सहित मानसिक स्वास्थ्य प्रवर्द्धनका निमित्त एक दिने सेमिनार एवं जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य समस्याले मनलाई मात्र होइन शरीर र सामाजिक अवस्थालाई समेत असर पार्दछ। मानसिक समस्या भएपछि डायबिटिज, मुटु सम्बन्धी रोग आदि जस्ता दीर्घकालीन शारीरिक रोगको जोखिम बढ्ने, जीवन आयु घट्ने तथा आर्थिक भार समेत बढ्ने अवस्थाको सिर्जना हुन्छ।
यस्तै यावत विषयमा पछिल्लो समय विश्वव्यापी रूपमा भएका अनुसन्धानहरूलाई आधार बनाउँदै कार्यक्रमका मुख्य वक्ता साइकोथेरापिस्ट एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्ग जङ्ग पराक्रम शाह ले आफ्ना “नो हेल्थ विथाउट मेन्टल हेल्थ: अ कम्प्रिहेन्सिभ अन्डरस्ट्यान्डिङ अफ मेन्टल फिजिकल यान्ड साइकोसोस्यल वेलविइङ ” शीर्षकको सेमिनार पेपर प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा प्रत्यक्ष रूपमा आफ्ना समस्या साझा गर्न चाहनुहुनेहरूको समस्याका समाधानका लागि मनोपरामर्श मूलक सहायता समेत प्रदान गर्नुभएको थियो। विविध मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्दै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको सौहार्दपूर्ण उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो। पूर्व प्राथमिक विद्यालयहरूका संगठन “अपेन” का केन्द्रीय उपाध्यक्ष रिता घिमिरे तिमल्सिना ज्यू को विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने वरिष्ठ मनोविद् एवं अटिजम स्पेसलिस्ट भगवती भट्टराई ज्यू को समेत कार्यक्रममा उपस्थिति थियो।
कार्यक्रमकै सिलसिलामा अभिभावकहरूले सक्रिय सहभागिता जनाउनुहुँदै आफ्ना भावना समेत आदानप्रदान गर्नुभएको थियो भने सामूहिक रूपमा मनको गाँठो फुकाउने मौका प्राप्त हुँदा कार्यक्रमको माहोल निकै भावनात्मक एवं सहयोगी बनेको थियो। सोही क्रममा किड्जि प्रिस्कुलका संस्थापक एवं मनोपरामर्शदाता समेत रहनुभएका मुना श्रेष्ठ ज्यू ले आफ्ना अनुभवहरूसमेत व्यक्त गर्दै मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य बीचको अन्तरसम्बन्धलाई प्रस्ट्याउनु भएको थियो भने यस विषयमा जनचेतना फैलाउन सबै सामु आग्रह गर्नुभएको थियो। सम्पूर्ण सहभागीहरूको गहिरो एवं सक्रिय सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको थियो भने मानसिक स्वास्थ्यप्रति यस कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास लिइएको छ। कार्यक्रम कार्तिक २८ गते ललितपुरको सानेपा स्थित किड्जी प्रीस्कुलमा सम्पन्न भएको थियो।
Facebook Comments Box
समाज
थप सामाग्री-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…





