नेपाल इन्जिनियरिङ कलेजमा आईईईई नेपालकाे विद्यार्थी शाखा स्थापना
काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेजमा विश्वकै सबैभन्दा ठूलाे प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स इन्जिनियर्स (आईईईई) काे शाखा स्थापना गरिएकाे छ । आइतबार कलेजमा एक कार्यक्रम आयाेजना गरि आईईईईकाे स्थापना गरिएकाे हाे ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा आईईईई नेपाल सेक्सनका प्रमुख डा. अरूण कुमार तिमल्सिनाले शाखाकाे उद्घाटन गर्नुभयाे । आईईईई नेपाल इन्जिनियरिङ कलेज (नेक) विद्यार्थी शाखा विश्वकै सबैभन्दा ठूलाे प्राविधिक तथा इन्जिनियरहरूको संस्था इन्ष्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्राेनिक्स इन्जिनियर्स अन्तर्गत गठन गरिएको आधिकारिक विद्यार्थी शाखा हो । प्राविधिक नवप्रवर्तन, अनुसन्धान तथा व्यावसायिक विकासलाई प्रवर्द्धन गर्न, कार्यशाला, सेमिनार, प्रतियोगिता तथा प्राविधिक कार्यक्रमहरू सञ्चालन गर्न, विद्यार्थीहरूलाई विश्वव्यापी स्रोत, मार्गदर्शन तथा नेटवर्कसँग जोड्न, आईईईईले सञ्चालन गर्ने सम्मेलन, प्रकाशन तथा समाजहरूसँग विद्यार्थी सहभागिता बढाउन कलेजमा आईईईईकाे स्थापना गरिएकाे कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताउनु भयाे । कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक सीप, नेतृत्व क्षमता र उद्योगसँगको सम्पर्क विकास गर्न आईईईईले महत्वपूर्ण टेवा दिने विस्वास लिइएकाे प्राचार्य भण्डारीले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै आईईईई नेपाल सेक्सन प्रमुख डा. अरूण कुमार तिमल्सिनाले आईईईईले विश्वभरका अनुसन्धानकर्ता, शैक्षिक विज्ञ, विश्वविद्यालय, उद्योग तथा सरकारी संस्थानका प्राविधिक–विशेषज्ञहरूलाई एउटै प्लेटफर्ममा ल्याई विद्युत शक्ति तथा ऊर्जा क्षेत्रमा अनुभव, ज्ञान र अनुसन्धान परिणामहरू आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने भएकाेले त्यसबाट नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि ठूलाे फाइदा लिन सक्ने बताउनु भयाे ।
यसले विद्युत शक्ति प्रणाली, इलेक्ट्रोनिक्स तथा सञ्चारका आधारभूत सिद्धान्तहरू, नवीकरणीय तथा दिगो ऊर्जा प्रणालीहरू, औद्योगिक स्वचालन तथा नियन्त्रण तथा विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक र सैद्धान्तिक दुवै ज्ञान प्रदान गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा परिचित गराउन अवसर प्रदान गर्दछ । आईईईई अमेरिकी च्यारिटेवल व्यावसायिक संस्था हो । याे संस्थामा ४ लाख ८६ हजार भन्दा बढी विभिन्न व्यवसायीक इन्जिनियरहरूकाे विश्वव्यापी सञ्जाल छ ।
कलेजले इन्जिनियरिङ अध्ययन सँगसँगै विद्यार्थीहरूलाई उनीहरूकाे सीप, कला र क्षमता अभिबृद्धिका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय साेध, अनुसन्धानका लागि प्रेरित गर्ने गरेकाे छ ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



