उकालो लाग्यो सुन चाँदीको मूल्य

8.7kViews
0
Shares
काठमाडौं । बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो ।
यस्तै, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…