स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोग गरे कारबाही हुने
काठमाडौँ । स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्स अस्पताल पूर्वस्वास्थ्य सेवाबाहेक अन्यत्र प्रयोगमा ल्याइए कानुनी कारबाहीदेखि खारेजीसम्म हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले आज एक सूचना जारी गर्दै हाल विभिन्न जिल्लामा एम्बुलेन्स सेवा दुरुपयोग, व्यापारिक रूपमा प्रयोग तथा निर्देशिका विपरित सञ्चालन गरिएको गुनासो बढेपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।
एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा एम्बुलेन्स पैठारीमा राजश्व छुट, सञ्चालन अनुमति नवीकरण, अनुगमन तथा अनुमति खारेजका प्रावधान स्पष्ट रूपमा व्यवस्था गरिएकाले उक्त निर्देशिका कडाइका साथ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत आवत–जावत गर्न अनुमति दिइने र १० वर्षभन्दा बढी समय पूरा भएका एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुन सक्ने व्यवस्था रहेको जनाएको छ ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



