श्रीराम–जानकी विवाह महोत्सवमा तीन दिन विद्यालय बन्द हुने

जनकपुरधाम । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।

प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेदेखि १० गते(तीन दिन) सम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् ।

विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठुलो सङ्ख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ ।  साथै विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्थासमेत मिलाइदिन अपिल गरेका छन् ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
430 Shares