मलेसियामा बाढीका कारण दश हजारभन्दा बढी मानिस विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजारभन्दा बढी मानिस विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।

लामो समयदेखि भइरहेकोे भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितलाई ३३ वटा अस्थायी बाढी पीडित राहत केन्द्रमा सारिएको छ ।

मलेसियाको मौसम विभागले हाल निरन्तररुपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ । यस अघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्याशित बाढीको कारण लगभग चार लाख मानिस विस्थापित हुनुका साथै मानवीय तथा भौतिक क्षतिको सामना गरेका थिए ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
137 Shares