

PCL Nursing सम्बन्धी अवरोध हटाउनका लागि GenZ 2.0 र CTEVT बीच भएको छलफल सक्रिय चरणमा
PCL Nursing सम्बन्धी अवरोध हटाउनका लागि GenZ 2.0 र CTEVT बीच भएको छलफल सक्रिय चरणमा पुगेको छ। आज CTEVT का सदस्य महेश भट्टराईसँग भएको भेटमा भट्टराईले भर्ना प्रक्रिया अघि बढिसकेको र केही प्राविधिक पक्ष मिलाएपछि चाँडै नै भर्ना खोलिने जानकारी दिएका छन्।
GenZ 2.0 का प्रवक्ता अबिन लिम्बुले विद्यार्थीका मुद्दा समाधान गर्न दबाबमूलक पहल जारी रहेको बताए। उनका अनुसार CTEVT लाई दिईएको ७ दिने अल्टिमेटमअनुसार संगठन अहिले वार्ता, भेटघाट र तथ्य संकलन गर्दै अघि बढिरहेको छ। उनले भर्ना प्रक्रिया कुनै पनि बहानामा रोकिएमा जनस्तरबाट कडा आन्दोलन शुरू गर्ने चेतावनी दिए।
उनका शब्दमा, “विद्यार्थीको भविष्यसँग खेलिनुले ठूलो अन्याय हुन्छ। हामी समाधान खोज्ने प्रयासमै छौं, तर ढिलाइ गरे आन्दोलन अपरिहार्य हुन्छ।”
त्यसैगरी GenZ United का संयोजक जनक परियारले विद्यार्थीका सपना, पढाइ र समयको सम्मान गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन्। उनले अनावश्यक रोकिने क्रमले हजारौं युवाको भविष्य प्रभावित भएको भन्दै छिटो निष्कर्षमा पुग्न जोड दिए।
GenZ 2.0 र GenZ United दुवैले PCL Nursing सम्बन्धी समस्या समाधानका लागि साझा मोर्चाबाट दबाब दिने र विद्यार्थीलाई स्पष्ट दिशानिर्देश उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएका छन्।
समाज
थप सामाग्री-
कपिलवस्तुमा २,३१४ थान पुरातात्त्विक सिक्का बरामद, संग्रहालयलाई हस्तान्तरण
-
ट्राफिक नियन्त्रण तालिमको १५६औँ समूह सम्पन्न, उत्कृष्ट प्रशिक्षार्थीलाई एसएसपी सुरेश काफ्लेद्वारा प्रमाणपत्र वितरण
-
बझाङमा बिहानै ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
-
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
-
माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.4kViews 474 Shares Share on Facebook Share on Twitter मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ ।…





