इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट

इथियोपियाको उत्तरपूर्वी क्षेत्रको एक ज्लालामुखी लगभग १२ हजार वर्षपछि विस्फोट भएको छ । ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ र धुलो आकाशमा १४ किलोमिटरमाथिसम्म पुगेको अनुसन्धानकर्ताले बताएका छन् । त्यस्तै, ज्वालामुखीबाट निस्केको खरानीको धुलोको बादल यमन, ओमन, पूर्वी पाकिस्तान र भारतससम्म फैलिएको ‘भोल्क्यानिक यास एड्भाइसरी सेन्टर’(भिएएसी)ले बतायो । इरिट्रियाको सीमानजिकै इथियोपियाको आफार क्षेत्रमा अवस्थित हेली गुब्बी ज्वालामुखी आइतबार कैयौँ घण्टासम्म विस्फोट भएको थियो । एक स्थानीय अधिकारी मोहम्मद सेइदले विस्फोटबाट कुनै हताहती भएको रेकर्ड नभए पनि यसले स्थानीय पशुपालक समुदायलाई आर्थिक प्रभाव पार्न सक्ने बताए । ‘अहिलेसम्म कुनै पनि मानव जीवन र पशुधन गुमेको छैन । तर, छेउछाउका धेरै गाउँ खरानीले ढाकिएका छन् । यसले स्थानीय बासिन्दाका पशुले खाने घाँसपातमा असर परेको छ,’ उनले भने ।

करिब ५०० मिटर उचाइको ज्वालामुखी टाकुरा अफ्रिकाको तीव्र भूगर्भीय गतिविधि हुने क्षेत्र रिफ्ट उपत्यकामै अवस्थित छ । त्यो भागमा दुईवटा टेक्टोनिक प्लेटहरू जोडिएका छन् । त्यही कारणले आफार क्षेत्रमा भूकम्प गइरहेको हुन्छ ।

सेतो धुवाँको बाक्लो मुस्लोको भिडियो सामाजिक सञ्जालमा व्यापक सेयर गरिएका छन् । ‘स्मिथसोनियन इन्स्टिच्युसन’को ग्लोबल भोलक्यानिजम प्रोग्रामका अनुसार हेली गुब्बी पछिल्लो १२ हजार वर्षमा विस्फोट भएको कुनै रेकर्ड नै छैन । ज्वालामुखीविद् र ‘मिसिगन टेक्नोलोजिकल युनिभर्सिटी’का प्राध्यापक साइमन कार्नले यसको पुष्टि गरेका छन् ।एजेन्सी

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
157 Shares