
हङकङ आगलागी : मर्नेको संख्या ७५ पुग्यो

हङकङको अपार्टमेन्टमा लागेको आगलागीमा मर्नेको संख्या बिहीबार साँझसम्ममा ७५ पुगेको अधिकारीहरूले बताएका छन् । मर्नेमा ११ अग्निनियन्त्रकसमेत रहेको बताइएको छ ।त्यस्तै ७६ जना घाइते छन् । दशकौँयताकै हङकङको सबैभन्दा ठुलो यस आगलागीमा आठ अपार्टमेन्ट ब्लकमध्ये सातवटामा आगो लागेको थियो भने एउटा भवन मात्र प्रभावित भएको थिएन ।
हङकङ प्रहरीले आवासीय भवनहरूमा लागेको भीषण आगलागी छिटो फैलनुमा मर्मत कार्यका लागि लगाइएको बाँसको मचान र फोम सामग्री रहेको आरोप लगाएको छ ।
हङकङका प्रमुख कार्यकारी जोन लीले बिहीबार बिहानै २७९ जना बेपत्ता भएको बताएका छन् । अग्निनियन्त्रकहरूले बेपत्तामध्ये केही व्यक्तिसँग सम्पर्क स्थापित गरेको बताएका छन् । लीका अनुसार रातभर नौ सयभन्दा बढी मानिसले अस्थायी आश्रयमा शरण लिएका थिए ।
समाज
थप सामाग्री
१६ दिने महालक्ष्मी व्रत सम्पन्न, चन्द्रमालाई अर्घ्य दिएर गरियो समापन
३ दिन अगाडि
2.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत…





