हङकङ आगलागी : मर्नेको संख्या ७५ पुग्यो

हङकङको अपार्टमेन्टमा लागेको आगलागीमा मर्नेको संख्या बिहीबार साँझसम्ममा ७५ पुगेको अधिकारीहरूले बताएका छन् । मर्नेमा ११ अग्निनियन्त्रकसमेत रहेको बताइएको छ ।त्यस्तै ७६ जना घाइते छन् । दशकौँयताकै हङकङको सबैभन्दा ठुलो यस आगलागीमा आठ अपार्टमेन्ट ब्लकमध्ये सातवटामा आगो लागेको थियो भने एउटा भवन मात्र प्रभावित भएको थिएन ।

हङकङ प्रहरीले आवासीय भवनहरूमा लागेको भीषण आगलागी छिटो फैलनुमा मर्मत कार्यका लागि लगाइएको बाँसको मचान र फोम सामग्री रहेको आरोप लगाएको छ ।

हङकङका प्रमुख कार्यकारी जोन लीले बिहीबार बिहानै २७९ जना बेपत्ता भएको बताएका छन् । अग्निनियन्त्रकहरूले बेपत्तामध्ये केही व्यक्तिसँग सम्पर्क स्थापित गरेको बताएका छन् । लीका अनुसार रातभर नौ सयभन्दा बढी मानिसले अस्थायी आश्रयमा शरण लिएका थिए ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
205 Shares