हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु
हङकङ । हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ९४ पुगेपछि बेपत्ता आफन्त खोज्दै असह्य पीडा बीच परिवारजन अस्पताल–अस्पताल धाइरहेका छन् ।
उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठवटै आवासीय भवनलाई ३६ घण्टाभन्दा बढी समयसम्म जलेका खण्डहरमा रूपान्तरित गरिदिएकाे छ ।
अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवनहरूलाई घेरेर निर्माणाधीन बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमकारक भएको आशङ्का गरिएको छ ।
शुक्रबार बिहानसम्म खोज तथा उद्धार टोलीले जलेका भवनहरूबाट लगातार कालो झोलामा शवहरू निकालिरहेका थिए । एएफपीका प्रतिनिधिहरूले छोटो समयमै धेरै शव निकालिएको देखेको उल्लेख गरेका छन् ।
अग्नि सेवाले एस्टेटका सबै फ्ल्याटहरूमा प्रवेश गरी खोजी कार्य सकिने बताएको छ । शुक्रबार बिहान पनि परिसरबाट सेतो धुवाँ निस्किरहेकाले आगलागीको पूर्ण नियन्त्रणमा समय लागेको देखिन्थ्यो । करिब दुई हजार एकाइमध्ये केहीमा मात्र आगो नियन्त्रणमा आएको थियो ।
सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा सुरक्षा उपाय कडा बनाइएकाले यस्ता दुर्घटना धेरै कम भएका भए पनि यस प्रकरणले पुनः सुरक्षा प्रणालीबारे कठोर प्रश्न उठाएको छ ।
यसैबीच, भ्रष्टाचार विरोधी निकायले परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितता बारे अनुसन्धान सुरू गरेको छ । प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्नसक्ने तरल सामग्री लापरवाहीपूर्वक छोडिएको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको छ ।
केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर–घर दौडेर आफूहरूलाई एक–आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।
हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ । प्रभावितहरूका लागि अस्थायी आवास, आपतकालीन सहयोग, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सहायता उपलब्ध गराइएको छ ।
अनेक समुदायले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । नजिकैका सार्वजनिक चोकमा कपडा, खाना, औषधि र दैनिक आवश्यक वस्तुहरूका केन्द्र स्थापना गरिएको छ । सहयोग यति धेरै आएपछि आयोजकहरूले थप राहत सामग्री हाललाई आवश्यक नभएको अपिल गर्नुपरेको थियो ।रासस
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



