

मंगल ग्रहमा फेला पर्यो चट्याङको पहिलो प्रमाण

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोभरले पहिलोपटक मंगल ग्रहमा बिजुली चम्किएको (चट्याङ) घटनाको प्रमाण रेकर्ड गरेको छ । ग्रहमा धुलोको आँधी चलिरहेको समयमा रोभरको माइक्रोफोनमा सानो आवाज रेकर्ड भएको छ ।
वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहको धुलोले भरिएको वातावरणमा विद्युतीय ऊर्जा चम्किन्छ वा चम्किँदैन भनेर बहस गरिरहेका थिए । तर, अहिलेसम्म यसको कुनै प्रमाण फेला परेको थिएन ।
सन् २०२१ देखि नै मंगल ग्रहमा घुमिरहेको नासाको पर्सिभरेन्स रोभरले बिजुली चम्किएको आवाज रेकर्ड गरेकोजस्तो देखिन्छ ।
यस विषयमा विज्ञान पत्रिका नेचरले एक अनुसन्धान रिपोर्ट छापेको छ । यद्यपि, पृथ्वीमा हामीले देख्ने र गर्जने बिजुलीको धेरै किलोमिटर लामो चमकभन्दा यो निकै हल्का छ । यसको सट्टा यो ठीक त्यस्तै छ, जस्तो हामी कहिलेकाहीँ कारको ढोका छुँदा बिजुलीको झड्का महसुस गर्छौं ।
यिनीहरूमा धेरै ऊर्जा छैन, तर पूरा ग्रहभरि यस्तो विद्युतीय ऊर्जा निस्किरहेको हुन्छ ।
यो प्रक्रिया तब सुरु हुन्छ जब धुलोको एक मसिनो कण अर्को कणसँग ठोक्किन्छ । यी इलेक्ट्रोन कणहरू इलेक्ट्रकल्ली चार्जड हुन्छन् विद्युतीय ऊर्जा निस्किन्छ । यसको लम्बाई केही सेन्टिमिटर वा मिलिमिटर मात्र हुन्छ । यसै बेला झड्काको हल्का आवाज पनि उत्पन्न हुन्छ ।बीबीसी
समाज
थप सामाग्री-
देवानगञ्ज घटनामा सरकारलाई अल्टिमेटम, शहीद घोषणा र राहत–रोजगारी तत्काल दिन माग
-
भक्तपुरमा ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ जारी
-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
२ दिन अगाडि
2.2kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक…





