

एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज नेपाल मलेसियासँग खेल्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल अजमान मैदानमा बिहान १०: ४५ बजेदेखि सुरु हुनेछ ।
नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो।
चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको छ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन्। सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ। यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ।
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२१ घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





