सिरहामा ब्राउनसुगरसहित ६ जना पक्राउ

सिरहा प्रहरीले जिल्लाका दुई ठाउँबाट प्रतिबन्धित लागुऔषध ‘ब्राउनसुगर’ जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको दुई छुट्टाछुट्टै अपरेशनमा पक्राउ परेकामध्ये चारजना नरहा गाउँपालिका–३ चोहर्चा चोकबाट र दुईजना गोलबजार नगरपालिका–६ हटिया बजार क्षेत्रबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार मध्यराततिर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत चोहर्चा चोकमा शंकास्पद अवस्थामा भेटिएका उदयपुर र सर्लाहीका चार युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लास्टिक पोका बाहेक ६ ग्राम ५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ, चार थान स्मार्टफोन र एक थान डिजिटल तराजु बरामद गरिएको छ।
पक्राउ पर्नेमा उदयपुर कटारी–२ का करिब २३ वर्षीय केदारकुमार मगर, १९ वर्षीय अर्थमान थापा, ३३ वर्षीय देवप्रसाद प्रसाई र सर्लाही हरिवन–१० का २३ वर्षीय कृष्ण रिजाल रहेका छन्। रिजालको ज्याकेटको गोजीमा कालो प्लास्टिकका स–साना पोका बनाएर राखिएको खैरो पदार्थ बरामद भएपछि चारैजनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

उता गोलबजार–६ स्थित हटिया बजारमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २१ वर्षीय समिर लहेरी२६ वर्षीय राजन विश्वकर्मालाई पक्राउ गरेको छ। लहेरीको साथबाट १० रुपैयाँको नोटमा बेरेर लुकाइएका प्लास्टिक बाहेक १३० मिलिग्राम खैरो पदार्थ बरामद गरिएको छ भने विश्वकर्माको साथबाट नगद १० हजार ५ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार दुबै घटनामा बरामद पदार्थको प्रयोगशालामा परीक्षण गरिनेछ र लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता प्रक्रिया अघि बढाइनेछ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
420 Shares