

गैरआवासीय नेपाली संघ विभाजनको दुई वर्षपछि एक हुँदै, ६ महिनाभित्र महाधिवेशन

नारायण किलम्बू
काठमाडौं । गैरआवासीय नेपाली संघ विभाजनको दुई वर्षपछि एक हुने भएको छ । जेन-जी आन्दोलनपछि मुलुकमा उत्पन्न नयाँ परिस्थिति र विदेशमा रहेका नेपालीमा आशाको सञ्चार गर्न आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता हुन लागेको हो । एकतापछि ६ महिनाभित्र महाधिवेशन गर्ने तयारी छ । विदेशमा रहेका नेपालीलाई गोलबद्ध गर्दै उनीहरूको हक-अधिकारका लागि स्थापित गैरआवासीय नेपाली संघ विभाजनको दुई वर्षपछि एक हुने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार बद्री केसी र महेशकुमार श्रेष्ठपक्षबीच एकता हुन लागेको हो । दुवै पक्षबीच ११ सदस्यीय अन्तरिम समितिको नेतृत्व केसी र श्रेष्ठले संयुक्त रूपमा गर्ने, समितिमा दुवै पक्षबाट पाँच-पाँच जना तथा एक स्वतन्त्र सदस्य रहने र ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको छ ।
नेपाली एकताबद्ध र नेपाल सुरक्षित छ भन्ने सन्देश दिन पनि एकता आवश्यक रहेको केसी र श्रेष्ठले दाबी गरेका छन् । दुई वर्षअघि अध्यक्षमा निर्वाचित बद्री केसी समूहले धाँधली गरेको आरोप लगाउँदै महेश श्रेष्ठपक्षले निर्वाचन परिणाम अस्वीकार गर्नुका साथै छुट्टै भेला गरी अर्को संस्था नै खडा गरेको थियो ।
संघ विभाजित हुँदा विदेशमा रहेका नेपालीसमेत विभाजित भएका थिए । ८० हजारभन्दा बढी सदस्य रहेको संघलाई एकताबद्ध गर्दै नेपाल र नेपालीको हकहितसँगै समृद्ध देश बनाउनका लागि लगानीको सुनिश्चितता गर्न पनि एकता महसुस भएको केसी र श्रेष्ठको भनाइ छ ।
गैरआवासीय संघले सर्वोच्च अदालतको फैसलाअनुसार विदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था गर्न पनि सरकार र निर्वाचन आयोगसँग माग गरेको छ । काम वा अध्ययनको सिलसिलामा विभिन्न ९० भन्दा बढी देशमा नेपालीहरू छरिएर रहेका छन् । यो एकताले ती नेपालीमा सकारात्मक सञ्चार दिने र विदेशमा नेपाल र नेपालीप्रतिको विश्वासमा कुनै कमि नआउने विश्वास नेतृत्वको छ ।
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२२ घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





