

कुलमान घिसिङ र बालेन शाहबीच भेट : आगामी चुनाव र समसामयिक विषयमा गहन छलफल
काठमाडौं । ऊर्जा मन्त्री तथा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आइतबार महत्वपूर्ण भेटवार्ता भएको छ। दुवै नेताबीच आगामी प्रतिनिधिसभा निर्वाचनदेखि समसामयिक राजनीतिक विषयसम्मका मुद्दामा विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ।
मन्त्री घिसिङले भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै “देश बनाउने अभियानमा हामी एकसाथ छौँ” भनेर सहकार्य र साझा प्रतिबद्धताको सन्देश दिएका छन्। दुवै नेताले मुलुकको ऊर्जा, पूर्वाधार, शहरी व्यवस्थापन र आगामी राजनीतिक वातावरणमा एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको बताइएको छ।
राजनीतिक र प्रशासनिक क्षेत्रमा जनविश्वास पुनःस्थापना गर्न, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न तथा आगामी निर्वाचनमा मतदाताका मुख्य चासोका मुद्दामा केंद्रित हुनेबारे दुवैबीच विशेष छलफल भएको पनि बुझिएको छ।
घिसिङ–बालेन भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ, जसले आगामी राजनीतिक समिकरण, सहकार्य र विकासमुखी कदमहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



