टेबल चलाउने समूहबाटै लुटियो क्यासिनो प्राइडको १४ करोड
काठमाडौँ। बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनो त्यहाँ टेबल चलाउने समूहबाटै लुटिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।लुटमा संलग्न आरोपमा मंसिर १२ मा सेठ्ठी भनेर चिनिने दावा शेर्पा र रने भनेर चिनिने रञ्चित खड्गी पक्राउ परेका छन् । गुण्डागर्दी पृष्ठभूमिका शेर्पा काठमाडौं–६ बौद्धमा बस्छन् । २९ वर्षीय खड्गी बुढानलिकण्ठ नगरपालिका–१२ का स्थानीय हुन् ।
प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ मा सेठ्ठीले टेबल चलाएका छन् । क्यासिनो सञ्चालकसँग टेबल किनेर जुवा खेलाउने गरिन्छ । तिनै टेबल सञ्चालक सेठ्ठीले भदौ २४ मा जेनजी प्रदर्शनको मौकामा लुटको नेतृत्व गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । उनले भने, ‘सेठ्ठीले नै घरेलु हतियार बोकेर लुट्ने कामको नेतृत्व गरेको देखिन्छ ।’
सेठ्ठी क्यासिनोका स्टाफ पनि हुन् । नेपाली जुवाडेहरूलाई भारतीय नागरिकको परिचयपत्र बनाएर उनले क्यासिनोमा प्रवेश गराउने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रदर्शन हुँदा क्यासिनोबाट नगद १४ करोड लुटपाट भएको क्यासिनो सञ्चालकले दाबी गरेका छन् । अराजक जत्थाले लुटपाटपछि क्यासिनोभित्र रहेका संरचनाहरू तोडफोड र आगजनी गरेर फरार भएका थिए ।
‘रने’ को समूह सुरुमा क्यासिनोमा प्रवेश गरेको थियो । सो समूहले क्यासिनो फुटाएर आगजनी गर्न थालेपछि सेठ्ठीले अर्को समूह लिएर क्यासिनोमा प्रवेश गरेको अनुसन्धानबाट थाहा भएको छ । सेठ्ठी अर्का गुण्डा नाइके दावा लामासँग निकट छन् । २०७५ सालमा प्रहरीले निगरानी बढाएपछि काभ्रे घर भएका दावा सिक्किममा लुकेर बसेका थिए । त्यसबेला सेठ्ठी पनि उनीसँगै सिक्किममा गएर बसेका थिए । सेठ्ठीसँगै ‘काभ्रेली समूह’ क्यासिनोमा प्रवेश गरे । काभ्रे घर भएर काठमाडौँमा गुण्डगर्दी गर्नेहरूलाई प्रहरीले काभ्रेली समूह भन्दै आएको छ ।
काभ्रेली समूहमा आबद्ध कुलध्वज लामा ‘कुले’ र सञ्जय तामाङ सहितका युवाहरू लुटमा संलग्न रहेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसरका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सीसीटीभी फुटेज र भिडियोका आधारमा काभ्रेली समूहका सदस्यहरूको पहिचान हुँदै छ ।’
सञ्जय तामाङ नमोबुद्ध नगरपालिकाको वडा सदस्य हुन् । दरबारमार्गस्थित लिक्विड लाउन्जमा रमेश भट्टलाई कुटेको आरोपमा २०७९ पुस ७ मा काभ्रेली समूहका कुलध्वजसहित ८ जना पक्राउ परेका थिए । कुलध्वज रोशी गाउँपालिका–४ का स्थानीय हुन् ।काभ्रेली समूहले २०७९ जेठ २६ मा प्लाटिनम क्लबमा बालुवाटार घर भएका प्रतिस भास्कर सिंहलाई आक्रमण गरेका थिए । सो घटनामा कुलध्वज पाँच लाख धरौटीमा छुटेका थिए ।लुटेराहरूले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



