

जेनजी पुस्तालाई पनि समेटेर लैजानुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्।सभापति को-कोबीच प्रतिस्पर्धा हुन्छ यकिन भइसकेको छैन। तर नेताहरूले आफूले आकांक्षा राखेको कुराहरू बिस्तारै खुलाउन थालेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाले पनि सल्लाह गरेर सभापति उठ्ने विषयमा निर्णयमा पुग्ने बताए।‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ, कुरा भइरहेको छ,’ चितवनमा आज पत्रकारहरूसँग उनले भने, ‘हामी दुई जनामध्ये एक जना लड्छौँ।’महाधिवेशनका लागि कम्तीमा तीन महिना समय आवश्यक पर्ने उनको भनाइ थियो।
‘समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ,’ उनले भने।पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको उनले बताए। सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनले बताए।जेनजी पुस्तालाई पनि समेटेर लैजानुपर्ने उनले बताएका छन्।
समाज
थप सामाग्री-
भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
-
लगातारको वर्षाले कर्णाली राजमार्ग पुनः अवरुद्ध, रातिमाटामा सडक भासियो
-
बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा
-
बहुआयामिक चुनौतीका बीच कर्तव्यपथमा अडिग नेपाल प्रहरी
थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो
१ दिन अगाडि
800Views 15 Shares Share on Facebook Share on Twitter गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने…





