नेपालगन्जका १० महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको छ।

६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरु नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ, मंगलीमाया श्रेष्ठ, गीता शाही, गीता अधिकारी, राधादेवी कुर्मी र मन्नीदेवी कोरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेर सम्मान गर्दै विदाई गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला स्वयंसेविका संघ नेपालगन्जकी अध्यक्ष प्रेमा शाहीलगायतले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै बिदाई पनि गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख विष्टले सामुदायिक तहमा स्वास्थ्य सचेतना वृद्धि र स्वास्थ्य सूचकको विकासमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले स्वयंसेविकाको प्रोत्साहन र वृत्ति विकासकालागि नगरपालिका सधैं गम्भीर रहेको बताउनुभयो। कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा नं.२ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, स्वास्थ्य संस्था प्रमुखतर्फबाट शर्मिला सुवेदीलगायतले स्वयंसेविकाको योगदानको प्रशंसा गर्नुभयो ।

Facebook Comments Box
TOP
359 Shares