“रवि लामिछानेलाई मैले गुन लगाएको थिएँ, अनावश्यक दुश्मनी किन?” – ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति असन्तुष्टि जनाएका छन्। आफूले लामिछानेलाई विगतमा सहयोग गरेको दाबी गर्दै ओलीले अनावश्यक रूपमा दुश्मनी साँधिएकोप्रति आश्चर्य व्यक्त गरेका हुन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, “रवि लामिछानेलाई मैले गुन लगाएको थिएँ। तर उनले अनावश्यकरूपमा किन दुश्मनी साँधे, खै ! भेट हुँदा सोध्छु।” ओलीको यो अभिव्यक्तिलाई पछिल्लो समय चर्किँदै गएको राजनीतिक कटाक्ष र वाकयुद्धको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
ओलीले राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि व्यक्तिगत आक्षेप र अनावश्यक टकरावले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने बताए। उनले राजनीति विचार र नीतिको बहसमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै व्यक्तिविशेषविरुद्धको आक्रामक अभिव्यक्ति उचित नहुने संकेत गरे।
पछिल्लो समय रवि लामिछानेले सत्ता र स्थापित दलहरूमाथि कडा टिप्पणी गर्दै आएका छन्। त्यसैको प्रतिक्रियास्वरूप ओलीको यो भनाइ आएको विश्लेषण गरिएको छ। ओली–लामिछानेबीच प्रत्यक्ष भेटघाट र संवाद भएमा गलत बुझाइ हट्न सक्ने संकेत पनि ओलीले दिएका छन्।
राजनीतिक वृत्तमा ओलीको यो अभिव्यक्तिलाई आगामी चुनावी समीकरण र दलहरूबीचको सम्बन्धसँग जोडेर हेरिएको छ। अब ओली र लामिछानेबीच प्रत्यक्ष भेट हुँदा के प्रश्न उठ्छ र त्यसले राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ, त्यसतर्फ सबैको चासो केन्द्रित भएको छ।
समाज
थप सामाग्री
बुटवलका मसाज केन्द्र र स्पा सेन्टरः सेवा कि अनैतिक धन्दा ?
१ दिन अगाडि
2.7kViews 396 Shares Share on Facebook Share on Twitter बुटवल। रूपन्देहीको बुटवल उपमहानगरपालिकाभित्र पछिल्ला केही वर्षयता खुलेका मसाज केन्द्र तथा…



