

ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्न डिआईजी घिमिरेको निर्देशन, नागरिकमैत्री प्रहरी सेवामा जोड

इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन्।
डिआईजी घिमिरेले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी (सुनसरी) को निरीक्षण भ्रमणका क्रममा कार्यालय तथा अन्तर्गतका सम्पूर्ण शाखाहरूको स्थलगत निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले कार्यरत प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई जिम्मेवार, अनुशासित र सेवामुखी ढंगले काम गर्न निर्देशन दिए।
उनले सडक अनुशासन कायम राख्न ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। “नियमको कडाइ र नागरिकमैत्री व्यवहार सँगसँगै अघि बढ्नुपर्छ,” डिआईजी घिमिरेले निर्देशन दिँदै भने।
त्यसैगरी उनले स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली, सिसिटिभी क्यामेरा, डिजिटल चालान प्रणालीलगायत आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी ट्राफिक सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे। भीडभाड तथा दुर्घटनाको जोखिम बढी हुने स्थानहरूको पहिचान गरी विशेष ट्राफिक योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्देशनसमेत उनले दिए।
डिआईजी घिमिरेको निरीक्षण र निर्देशनले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित, प्रविधिमैत्री र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
सरकारी अधिकारीलाई ‘थुतुने’सँग होइन, जिम्मेवार व्यक्तिसँग छलफल गराऔँः भीम उपाध्याय
-
काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, अत्यावश्यक उपभोक्तालाई मात्र खरिद गर्न निगमको आग्रह
-
लेखा समिति घटनालाई सिंगो प्रहरीमाथिको प्रहारका रूपमा लिनुपर्छ : आईजीपी कार्की
-
प्रेसको घाँटी निमोठेर राज्य बलियो हुँदैन
-
प्रेसमाथिको हस्तक्षेप अन्तर्राष्ट्रियकरण गर्न सरोकारवालाको माग
आज साउन ३० गते शनिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज काममा नयाँ जिम्मेवारी पाउने र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ…





