आज माघ ०३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष –मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन काम पनि साथीको सहयोगले सहजै पूरा हुनेछ । कृषिजन्य तथा व्यापारिक कार्यमा सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् । मनोरञ्जनसँगै दिन बित्नेछ । दुर्गम क्षेत्र वा टाढाको यात्राको सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ।
वृष –प्रारम्भमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ, तर पछि काम पूरा हुनेछ । आम्दानीका स्रोत बढ्दा मन प्रसन्न रहनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । दाजुभाइको सहयोग प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन लाग्नेछ ।
मिथुन –कृषि र व्यवसायमा उन्नति हुनेछ । अन्य कामबाट पनि धन आर्जनको अवसर मिल्नेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रशस्त आर्थिक लाभ मिल्नेछ । अप्ठ्यारो चुनौतीलाई सजिलै समाधान गर्न सकिनेछ । बोलीको प्रभाव बढ्नेछ र मान सम्मान प्राप्त हुनेछ । आर्थिक समृद्धिको योग छ ।
कर्कट –सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्न सक्छ । वादविवाद हुन सक्छ, होसियार रहनु आवश्यक छ । नयाँ कार्य थालनी हुने मौका पनि मिल्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आम्दानी राम्रो रहनेछ ।
सिंह –नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नति हुने सम्भावना छ, तर आत्मीयजनसँग केही दूरी आउन सक्छ । पारिवारिक सद्भावले कार्यमा सफलता दिलाउनेछ । विदेशमा गरिएको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नति सम्भावित छ । अध्ययन अध्यापन फलदायी रहनेछ ।
कन्या –आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग प्राप्त हुनेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुनेछ । पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ प्राप्त हुने योग छ ।
तुला –रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् । पढाइ लेखाइमा रुचि बढ्नेछ । सहयोगी र सेवक वर्गबाट सहायता प्राप्त हुनेछ ।
वृश्चिक –विश्वास पात्रबाट धोका पाइने सम्भावना छ । मानसिक चञ्चलता र उत्साह बढ्नेछ, तर अप्रिय समाचारले मन दुखी बनाउनेछ । आफन्तको भरण पोषणमा खर्च बढ्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिँदा चुनौती आउन सक्छ । प्रतिनिधिमूलक यात्रा गर्ने अवसर पनि मिल्नेछ ।
धनु –काममा कठिनाइ देखिएपनि अन्ततः सफलता मिल्नेछ । घर जग्गा वा अन्य स्थिर सम्पत्ति जोड्ने समय छ । धार्मिक कार्यमा संलग्न हुने अवसर छ । अनुसन्धानात्मक काममा मन जानेछ । दीर्घकालीन योजनामा प्रगति हुनेछ । साहसिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथी संगीहरूसँग भेटघाटको अवसर मिल्नेछ ।
मकर –प्रयास गर्दा विशेष लाभ मिल्नेछ । अध्ययनका लागि अनुकूल समय छ । व्यापार फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । मान सम्मान र पद प्रतिष्ठा प्राप्त हुने योग छ । व्यापार व्यवसाय सहज रूपमा अघि बढ्नेछ ।
कुम्भ –दैनिक कार्यमा ढिला सुस्ती वा अल्झन देखिन सक्छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ । व्यापार व्यवसाय सामान्य रहनेछ। प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने अवसर प्राप्त हुनेछ।
मीन –समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्या देखिन सक्छ, सावधान रहनु आवश्यक छ । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि दौडधुप गर्नुपर्नेछ । तर, लगानीबाट उचित प्रतिफल प्राप्त हुनेछ । सुख सुविधा र विलासितामा समय बित्नेछ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.4kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



