
सिन्धुपाल्चोक–२ बाट युवराज दुलालको उम्मेदवारी घोषणा, ‘इमानको राजनीति’लाई मूल आधार

सिन्धुपाल्चोक । “सपना, सङ्कल्प, योजना र इमानको राजनीति”लाई आफ्नो मूल मन्त्र बनाउँदै युवराज दुलालले सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आदरणीय आमा–बुवा, दाजुभाइ, दिदीबहिनी तथा नवयुवा (Gen-Z) पुस्तालाई भावुक सम्बोधन गर्दै दुलालले आफू पुनः जनताकै माया, प्रेरणा र आकांक्षाको प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको स्पष्ट पारे। उनले यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा नभई सिन्धुपाल्चोक–२ का विकासप्रेमी र परिवर्तनप्रेमी नागरिकहरूको साझा संकल्प भएको बताए।
सिन्धुपाल्चोक र समग्र देशको विकास, राष्ट्रिय हितको रक्षा तथा जनताको जीवनस्तर सुधार नै आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै दुलालले गाउँबाटै उठेका जनभावना र आवाजलाई सिंहदरबारसम्म पुर्याउने प्रतिबद्धता जनाए। “जनताकै कलमले कानून लेख्ने र जनताकै पक्षमा राजनीति गर्ने मेरो अठोट हो,” उनले भने।
उनले आफ्नो उम्मेदवारीलाई सिन्धुपाल्चोक–२ का आम नागरिकको गौरव र पहिचानसँग जोड्दै यसलाई विजयी बनाउने जिम्मेवारी पनि जनताकै काँधमा रहेको उल्लेख गरे। दुलालको घोषणासँगै जिल्लामा नयाँ राजनीतिक उत्साह र बहस सुरु भएको छ, विशेषगरी युवापुस्तामा उनको उम्मेदवारीप्रति चासो बढ्दो देखिएको छ।
स्थानीय स्तरमा विकास, सुशासन र इमानदार राजनीतिका पक्षधरका रूपमा चिनिँदै आएका दुलालको उम्मेदवारीले सिन्धुपाल्चोक–२ को चुनावी समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





