

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै

काठमाण्डौ – तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आउँदो बिहिवार र शुक्रवार हुने भएको छ । काभ्रेको धुलिखेलमा रहेको काठमाण्डौ विश्वविद्यालयमा प्रतियोगिताको उद्घाटन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाण्डौ विश्वविद्यालय, नेपाल इन्टरनेसनल इभेन्ट्स म्यानेजमेन्ट प्रालि र त्रिभुवन विश्वविद्यालयको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नेपालका आठ विश्वविद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, मध्यपश्चिम, पूर्वाञ्चल, गण्डकी, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयको सहभागिता रहने छ ।
काठमाण्डौ विश्वविद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा. गोकुल केसीका अनुसार प्रतियोगितामा पाँच विधाका खेल समावेश गरिएको छ । भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल र एथ्लेटिक्समा २ सय ७९ खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो । केसीका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धुलिखेलमा बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हरेक खेलका विजेता खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
समाज
थप सामाग्री-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
-
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
-
आज भदौ २७ गते शनिबार,यस्तो छ तपाईकाे राशिफल
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
२१ घण्टा अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक…





