वीरगन्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो
वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ।
गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए।
जबकि गत आर्थिक वर्षको ६ महिनामा भने सात थरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोडको आयात भएको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ।
चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।
त्यसैगरी, एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ।
२७ करोड बराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ। त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ।रासस
समाज
थप सामाग्री
सुर्खेत–१ मा रवि किरण हमालको शक्ति प्रदर्शन, छिन्चुमा जनसागर
१७ घण्टा अगाडि
1.9kViews 302 Shares Share on Facebook Share on Twitter छिन्चु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा…



