

सिन्धुपाल्चोक–१ मा नेकपाको निर्वाचन परिचालन तीव्र : सबै पालिकामा परिचालन कमिटी बैठक उत्साहपूर्वक सम्पन्न
सिन्धुपाल्चोक । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक–१ ले सञ्चालन गरेको निर्वाचन परिचालन अभियान तीव्र बन्दै गएको छ। निर्वाचन क्षेत्र अन्तर्गतका सबै पालिकामा निर्वाचन परिचालन कमिटीका बैठकहरू उत्साहप्रद र व्यवस्थित रूपमा सफलतापूर्वक सम्पन्न भएका छन्।
बैठकहरूले पार्टी पंक्तिमा एकता, अनुशासन र विजयप्रतिको दृढ विश्वास थप बलियो बनाएको पार्टी नेताहरूले बताएका छन्। निर्वाचन परिचालनको जिम्मेवारी पाएका सम्पूर्ण कमरेडहरूको सक्रियता, तत्परता र प्रतिबद्धतालाई उच्च प्रशंसा गर्दै हार्दिक बधाई तथा आभार व्यक्त गरिएको छ।
नेकपा सिन्धुपाल्चोक–१ का नेता माधव सापकोटाले बैठकहरूको सफलताले पार्टी संगठन थप मजबुत बनेको उल्लेख गर्दै भन्नुभयो,
“यही एकता र उत्साह नै हाम्रो विजयको आधार हो। अबको २८ दिन नयाँ इतिहास कोर्नका लागि हामी पूर्ण रूपमा तम्तयार छौँ।”
उहाँले अबको अभियान घर–घरमा पुग्ने, मतदाताको कुरा सुन्ने, बुझ्ने र विश्वस्त बनाउने चरणमा प्रवेश गरेको बताउँदै सबै कार्यकर्ता तथा समर्थकहरूलाई तारामा मतदान गर्न आह्वान गर्न आग्रह गर्नुभयो।
संगठित अभियान, जनसम्पर्क र विचारको स्पष्टतासँगै नेकपा सिन्धुपाल्चोक–१ ले निर्वाचनमा तारामय विजयको आधार तयार पार्दै अगाडि बढेको देखिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



