

बालेनलाई ओलीको कडा प्रहार -यात्रुले पाइलट सिटमा बस्न मिल्दैन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यात्रीले नै जहाज उडाउने दाबी गर्नु असान्दर्भिक मात्र नभई जोखिमपूर्ण हुने बताएका छन् ।
उनले यो टिप्पणी झापा ५ बाट आफूसँग प्रतिस्पर्धामा रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरेका हुन् ।
पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालेनको नाम नलिई विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्री पदको उम्मेदवार भन्दै प्रचार गरेको उल्लेख गरे ।
अनुभवहीन तथा देश सञ्चालनको सोच नै नभएका व्यक्तिबाट मुलुक नचल्ने उनको भनाइ छ । ‘जहाजमा यात्रुको रूपमा बसेको व्यक्तिले ‘म त जहाज उडाउन सक्छु’ भनेर पाइलट सिटमा बस्छ भने के हुन्छ ’? ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्ला तरु झुक्किएर चढिहाले पनि यात्रुको अवस्था के होला ? त्यसैले अहिले सबैले सोचविचार गरेर निर्णय लिने समय आएको छ ।
उनले काठमाडौं बाहिर मतदाता नामावली भएका नेता तथा कार्यकर्तालाई निर्वाचन प्रचार–प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिए । ‘तपाईँहरू विभिन्न पेशा–व्यवसायका लागि काठमाडौं आउनुभएको छ ।
अहिले निर्वाचनको माहोल छ,’ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा वातावरण बनाउनुहोस् । आफन्त भेट्नुहोस्, साथीभाइसँग भेटघाट गर्नुहोस् । पार्टी र नेतृत्वविरुद्धका भ्रम चिर्नुहोस् ।
ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ । यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन,’ उनले भने, ‘पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने थाहा हुन्छ ।
निर्वाचन मिति तोक्दा हिउँदमा चिसोले निर्वाचन हुँदैन भन्ने थाहा थिएन रु’ उनले निर्वाचन शतप्रतिशत निष्पक्ष तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार रूपमा जित्ने विश्वास व्यक्त गर्दै सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा जुट्न आग्रह गरे।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



