

काठमाडौंको बौद्धमा गोली चल्यो ,सुन चोर पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुन–चाँदीका गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।
चोरीमा संलग्न नेपालगञ्ज घर भएका प्रेम थारुलाई मंगलबार राति नागार्जुन नगरपालिका–स्थित महांकाल क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार पक्राउ गर्न खोज्दा थारु भाग्न खोजेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गर्नुपरेको हो। गोली उनको खुट्टामा लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार मंगलबार दिउँसो करिब १२ बजेतिर थारु बौद्ध टुसालस्थित रिन्जी लामाको घरमा प्रवेश गरेका थिए। उनी सिधै घरको चौथो तलामा पुगेर ढोकाको लक खुस्काई भित्र प्रवेश गरेका थिए। त्यसपछि उनले ३० तोला सुन, चाँदीका गहना र सि–माला जडित सुनको माला झोलामा प्याक गरी फरार भएका थिए।
चोरीका बेला घरमा अन्य मानिसहरू भाडामा बस्दै आएका थिए भने पाँचौँ तला र छतमा घरधनी परिवार घाम तापिरहेको अवस्थामा करोडौँको बहुमूल्य गहना चोरी भएको कसैले थाहा नै पाएनन्।
दिउँसो करिब २ बजेतिर ढोकाको लक खुस्काइएको र सुन जडित सि–माला हराएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरु भएको खोजी अभियान अन्ततः २४ घण्टाभित्र सफल हुँदै अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, माघ १७ गते भोटेबहालमा भएको २५ तोला सुन चोरीको घटनामा पनि थारुकै संलग्नता रहेको आशंका गरिएको छ। सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पछिल्लो समय काठमाडौँ उपत्यकामा बढ्दो चोरीका घटनालाई नियन्त्रण गर्न विशेष निगरानी र सक्रिय अपरेसन तीव्र बनाइएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



