

एआईजी डा. मनोज केसीद्वारा पोखरामा निर्वाचन विशेष अनुगमन, निष्पक्ष सुरक्षाका लागि कडा निर्देशन
पोखरा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार के.सी.ले गण्डकी प्रदेशको निर्वाचन सुरक्षा तयारीको विशेष अनुगमन गर्नुभएको छ।
पोखरा पुगेर गण्डकी प्रदेश प्रहरीको सुरक्षा व्यवस्थापन, प्रहरी जनशक्ति परिचालन, सुरक्षा योजना तथा समग्र तयारीको निरीक्षण गर्दै एआईजी डा. केसीले निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन प्रहरीको भूमिका अत्यन्त संवेदनशील हुने स्पष्ट पार्नुभयो।
अनुगमनका क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयमा आयोजित छलफल कार्यक्रममा एआईजी डा. केसीले पोखरा उपत्यकामा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्वाचनमा निष्पक्षता, सक्रियता र सांगठनिक जिम्मेवारीलाई सर्वोच्च प्राथमिकता दिन निर्देशन दिनुभएको थियो। उहाँले प्रहरी संगठन कुनै पनि राजनीतिक प्रभावबाट टाढा रहेर नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र कुमार उपाध्यायले प्रस्तुतिकरणमार्फत समग्र सुरक्षा योजना, तयारी अवस्था तथा देखिएका चुनौतीहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री, नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार खनाललगायत उच्च प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले प्रदेशस्तरमै सुरक्षा तयारीलाई सुदृढ बनाइँदै लगिएको प्रहरी स्रोतले जनाएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



