मुखमा जाल अड्किएको घडियालको उद्धार

नवलपरासी । अति शङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही)को नारायणी नदीबाट उद्धार गरिएको छ । मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा पर्ने अमलटारीघाटस्थित नारायणी नदीमा फेला परेको घडियालको स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले लगातार चार दिनको प्रयासपछि बुधबार दिउँसो गोहीको मुखबाट तियारी जाल हटाउन सकिएको जानकारी दिए । “स्थानीय गोपाल बोटेको सक्रियतामा निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दाको सहयोगले चार दिनपछि भाले गोहीको उद्धार गर्न सफल भयौँ”, उनले भने, “मुखमा तियारी जाल बेरिएको थियो, जाल काटेर गोहीलाई नदीमा छाडिएको छ ।”माछा मार्ने क्रममा नदीमा छोडिएको जाल गोहीको मुखमा बेरिएको हुनसक्ने थापामगरले जानकारी दिए। उद्धार गरिएको गोहीको स्वास्थ्य अवस्था राम्रो भएको भन्दै उद्धारमा संलग्न बोटे समुदायलाई उहाँले धन्यवाद दिए । बुधबार उद्धार गरेर नारायणीमा छोडिएको गोही वयस्क भाले घडियाल भएको उनको भनाइ छ ।योसँगै यस वर्ष नारायणी नदीबाट चार वटा घडियाल गोहीको उद्धार गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिए। उनका अनुसार अघिल्लो महिना गरिएको स्थलगत घडियाल गोही गणनाको क्रममा नारायणी नदीमा दुई तथा राप्तीमा सात वटा गरी यस क्षेत्रमा नौ वटा भाले घडियाल गोही फेला परेका छन् ।त्यस्तै नारायणीमा १३५ तथा राप्तीमा २३१ गरी निकुञ्जमा ३६६ वटा वयस्क घडियाल गोहीको गणना गरिएको थापा मगरले जानकारी दिए । निकुञ्जले प्राकृतिक वातावरणमा घडियाल गोहीको सङ्ख्या वृद्धि गर्न निकुञ्जको प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छोड्दै आएको छ ।अति सङ्कटापन्न अवस्थाको घडियालसहितका वन्यजन्तु संरक्षणका लागि निकुञ्जले स्थानीय समुदायसँग साझेदारी गरेर कार्यक्रम गर्दै आएको छ । “संरक्षणमा स्थानीयलाई सचेत बनाउँदै सहभागी गराउँदा त्यसले सकारात्मक प्रतिफल दिने गरेको छ”, उनले भने, “समुदायको सहभागितामा संरक्षण कार्य अगाडि बढाउँदा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत टेवा पुग्दै आएको छ ।”निकुञ्जले संरक्षणमा स्थानीयलाई अपनत्व ग्रहण गराउनेगरी विश्व सिमसार दिवसको अवसर पारेर सोमबारमात्रै स्थानीय बोटे समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडेको थियो ।रासस

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
358 Shares