

आईजीपी दानबहादुर कार्कीद्वारा बरहथवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन
बरहथवा (सर्लाही) ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय बरहथवा, सर्लाहीको परिसरभित्र नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवनको समुद्घाटन गर्नुभएको छ।
आईजीपी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेलायत सरकारको *Foreign, Commonwealth & Development Office (FCDO–UK)*को आर्थिक सहयोग तथा *संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (UNOPS)*द्वारा सञ्चालित Security and Justice Programme (SJP) परियोजना अन्तर्गत निर्माण गरिएको भवन औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रहरू प्रहरी र नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले पीडितमैत्री वातावरणमा न्याय र सुरक्षा सुनिश्चित गर्न यस्ता संरचनाको भूमिका प्रभावकारी हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका वरिष्ठ अधिकारीहरू, परियोजना प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। नव–निर्मित सेवा केन्द्र सञ्चालनमा आएसँगै लैंगिक हिंसा, बाल अधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरीहरूको संवेदनशील र प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१७ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



