

बर्दियामा चितुवाले आक्रमण गर्दा एकैदिन दुईजनाको मृत्यु
काठमाडौँ। बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुईजनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९, गाउँ नं १३ निवासी ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकायले ज्यान गुमाएका हुन्।
डाँगी नेपाल–भारत सीमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतको वनतर्फ लगेको थियो। पछि दशगजा नजिक अरहर बारीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए।
त्यसैगरी, मृतक रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका- ११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए।
रोकाय श्रीमतीसहित चार जना सामुदायिक वनमा पुगेका थिए। वनमा पुग्नेबित्तिकै चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन्। रोजगारीका लागि भारत गएका रोकाय १२ दिनअघि मात्र घर आएका थिए।
चितुवाको आक्रमणबाट माघ महिनामा मात्र तीनजनाको मृत्यु भइसकेको छ। यसअघि गत माघ ७ गते सोही स्थानमा तोरी उखेल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो।
पछिल्लो समय बर्दियामा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणका घटना बढेको छ। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार साउनयता चितुवाको आक्रमणबाट सात जना, पाटेबाघको आक्रमणबाट एकजना र जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



