

कल साइन ” किलो वान” अर्थात रमेश थापा : काठमाडौंमा अपराधको क्लिनस्वीप पार्दै

काठमाडौं । राजधानीवासीलाई शान्ति, सुरक्षा र अमन–चयनको प्रत्याभूति दिलाउने उद्देश्यसहित रमेश थापा अहोरात्र फिल्डमै खटिएका छन्। काठमाडौँ प्रहरी प्रमुखका रूपमा उनको सक्रियता र नेतृत्वले पछिल्लो समय शहरको सुरक्षा व्यवस्थापन प्रभावकारी बनेको सर्वसाधारणले अनुभूति गरेका छन्।
निडर, कार्यकुशल र जनमैत्री प्रहरी अधिकारीका रूपमा परिचित एसएसपी थापाले चुनौतीपूर्ण परिस्थितिका बीच पनि राजधानीमा शान्तिपूर्ण वातावरण कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विगतको तुलनामा यसपटक असामान्य अवस्थाबीच पनि नागरिकले सुरक्षित रूपमा आवतजावत गर्न पाएको प्रतिक्रिया सर्वसाधारणबाट आएको छ।
जेनजी आन्दोलन पछि काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थापाले यसअघि उदयपुर र कास्कीमा प्रहरी प्रमुखका रूपमा सफल कार्यकाल पूरा गरिसकेका छन्। उनी आफ्नो ब्याचकै पहिलो नम्बरका एसएसपी समेत हुन्, जसले उनको व्यावसायिक दक्षता झल्काउँछ।
नागरिक–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउन उनले ‘हाम्रो प्रहरी’ अभियान अघि सारेका छन्। यस अभियानमार्फत प्रहरीलाई नागरिककै साथी र सहयोगीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
“प्रहरी आम नागरिककै हो भन्ने भावना स्थापित गर्दै नागरिक समाज र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य छ,” एसएसपी थापाले बताए। उनका अनुसार यस पहलले आपसी अविश्वास हटाउँदै अपराध नियन्त्रण, कुरीति अन्त्य, सुशासन प्रवर्द्धन र सामाजिक सुव्यवस्था कायम गर्न टेवा पुर्याउनेछ।
हाल टोल–टोलमा प्रहरी कर्मचारीहरू घरदैलो कार्यक्रममार्फत स्थानीयसँग प्रत्यक्ष भेटघाटमा जुटेका छन्। साथै, निकट भविष्यमा विद्यालय तथा क्याम्पसस्तरमा युवासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गरी सुरक्षा सचेतना अभिवृद्धि गरिने योजना रहेको पनि उनले जानकारी दिए।
एसएसपी थापाको नेतृत्वमा अघि बढिरहेको ‘हाम्रो प्रहरी’ अभियानले राजधानीमा मात्र होइन, समग्र प्रहरी–नागरिक सम्बन्धमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
-
लगातारको वर्षाले कर्णाली राजमार्ग पुनः अवरुद्ध, रातिमाटामा सडक भासियो
-
बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा
-
बहुआयामिक चुनौतीका बीच कर्तव्यपथमा अडिग नेपाल प्रहरी
थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने…





