मकालु आरोहणमा जाँदै सई चौधरी : आइजीपी कार्कीबाट झण्डा हस्तान्तरण

काठमाडौं । संसारको पाँचौँ अग्लो हिमाल मकालु हिमाल आरोहणका लागि प्रस्थान गर्न लागेका प्रहरी नायव निरीक्षक (सई) नन्दलाल चौधरीलाई नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा सई चौधरीलाई राष्ट्रिय झण्डासहित नेपाल प्रहरीको झण्डा प्रदान गर्दै सफल आरोहणको शुभकामना व्यक्त गरेका हुन्।
कार्यक्रममा आइजीपी कार्कीले चुनौतीपूर्ण हिमाली यात्रामा साहस, अनुशासन र समर्पण आवश्यक रहने उल्लेख गर्दै सई चौधरीले नेपाल प्रहरीको गौरव उच्च राख्ने विश्वास व्यक्त गरे। उनले यात्राको सहजता, सुरक्षा र पूर्ण सफलताको कामना समेत गरे।
जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत सई चौधरी निकट भविष्यमा मकालु हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन्।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, साथै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
नेपाल प्रहरीका एक अधिकृतद्वारा विश्वका उच्च हिमालमध्ये एकको सफल आरोहणको प्रयासले संगठनको छवि उचो बनाउने विश्वास गरिएको छ।

Facebook Comments Box
TOP
131 Shares