

गोली चलाउने आदेश थिएन: जेनजी आन्दोलनबारे पूर्व आईजीपी चन्द्रकुवेर खापुङको स्पष्टिकरण
काठमाडौं । नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउने कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले सुरक्षा संयन्त्रको निर्णय प्रक्रिया, कानुनी दायरा र परिस्थितिको संवेदनशीलता प्रस्ट्याएका हुन्।
खापुङका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरे पनि त्यसको कार्यान्वयनमा प्रहरी नेतृत्वको प्रत्यक्ष आदेशभन्दा फिल्डमा खटिएका अधिकृतहरूको परिस्थितिजन्य मूल्यांकन निर्णायक हुने गरेको बताए। उनले भने, “मैले गोली चलाउन प्रेरित गरेको भए त्यसले अकल्पनीय नरसंहार निम्त्याउन सक्थ्यो।”
उनले आन्दोलनका क्रममा संसद् भवन परिसरमा तोडफोड, आगजनी, सुरक्षा पोस्टमाथि आक्रमण तथा हतियार खोस्ने प्रयासजस्ता गम्भीर गतिविधि भए पनि प्रहरीले संयमता अपनाएको दाबी गरे। खापुङले फिल्डमा रहेका सुरक्षाकर्मीहरूले कानुनबमोजिम जोखिमको मूल्यांकन गर्दै न्यूनतम बल प्रयोग गरेको बताए।
उनको बयानले आन्दोलनका क्रममा बल प्रयोगको विषयमा उठेका विवादबीच प्रहरी नेतृत्वको भूमिका र जिम्मेवारीबारे नयाँ बहस सुरु गराएको छ।
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१२ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



