

बालेन प्रधानमन्त्री बन्दै: आजै दलको नेता चयन, शुक्रबार शपथसहित नयाँ सरकार गठन
काठमाडौं — नेतृत्वको नयाँ सरकार गठनको अन्तिम तयारीमा (रास्वपा) जुटेको छ। पार्टीले बिहीबार संसदीय दलको नेता चयन गर्दै शुक्रबार प्रधानमन्त्रीको शपथ गराउने स्पष्ट कार्यतालिका तय गरेको छ।
प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ बहुमत हासिल गरेको रास्वपाले संसदीय दलको नेता चयनपछि राष्ट्रपतिसमक्ष दाबी पेश गर्नेछ। त्यसपछि ले संविधानको धारा ७६(१) अनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी छ।
आजको कार्यतालिका: शपथदेखि नेता चयनसम्म
नवनिर्वाचित सांसदहरूले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिँदै छन्। ज्येष्ठ सदस्य ले २७४ सांसदलाई शपथ गराउनेछन्, जसमा ४७ सांसदले मातृभाषामा शपथ लिने कार्यक्रम छ।
त्यसपछि अपराह्न ४ बजे बस्ने केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयनका लागि आवश्यक विधान संशोधन गर्नेछ। लगत्तै संसदीय दलको बैठकबाट बालेनलाई औपचारिक रूपमा नेता चयन गरिनेछ।
शुक्रबार: प्रधानमन्त्री शपथ र पूर्ण मन्त्रिमण्डल
रास्वपाका अनुसार शुक्रबार १२:३४ बजे शीतलनिवासमा बालेन शाहको प्रधानमन्त्रीको शपथ हुनेछ। विशेष धार्मिक विधिअनुसार शपथ समारोह भव्य रूपमा आयोजना गरिनेछ—७ वटा शंखबाट शंखनाद, १०८ बटुकद्वारा स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ हुनेछ।
उही दिन मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ। रास्वपाले पहिलोपटकमै पूर्ण मन्त्रिमण्डल घोषणा गर्ने लक्ष्य राखेको छ।
१५ मन्त्रालयको सरकार, विज्ञतामा आधारित मन्त्री चयन
रास्वपाले मन्त्रालय संख्या अधिकतम १५ मा सीमित राख्दै पुनर्संरचना र मर्जरको योजना अघि सारेको छ। मन्त्री चयन गर्दा राजनीतिक भागबण्डा होइन, विज्ञता र कार्यक्षमतालाई प्राथमिकता दिइने पार्टीले जनाएको छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आजै दलको नेता र मन्त्रीहरूको टुंगो लाग्नेछ भने केन्द्रीय समिति बैठकले सम्पूर्ण सरकारी टिमलाई अन्तिम रूप दिनेछ।
संसद् सञ्चालन: केसीको जिम्मेवारी
सभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने जिम्मेवारी ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सम्हालेका छन्। उनले निष्पक्षता, पारदर्शिता र संसदीय मूल्य–मान्यतामा आधारित भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संवैधानिक व्यवस्था अनुसार १५ दिनभित्र सभामुख चयन गर्नुपर्नेछ, जसअनुसार चैत मसान्तसम्म केसीले सभाध्यक्षको भूमिका निर्वाह गर्नेछन्।
नयाँ राजनीतिक परिदृश्यमा रास्वपाले तीव्र गतिमा सरकार गठन प्रक्रिया अघि बढाउँदै बालेन शाहलाई प्रधानमन्त्री बनाउने लगभग निश्चित भएको छ। सीमित मन्त्रालय, दक्षता-आधारित मन्त्री चयन र पूर्ण मन्त्रिमण्डलसहितको सरकार गठनले आगामी शासनशैली कस्तो हुने भन्नेमा व्यापक चासो बढाएको छ।
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१२ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



