

बालेन्द्र शाह आज प्रधानमन्त्री बन्दै, शीतल निवासमा शपथ हुने
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। रामचन्द्र पौडेलले आज दिउँसो शीतल निवासमा बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
शपथअघि नै शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको घोषणा गरिनेछ। नेपालको संविधानको धारा ७६(१) अनुसार स्पष्ट बहुमतसहित एकल सरकार गठन हुन लागेको हो। अपराह्न हुने शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उल्लेख्य उपस्थिति रहनेछ।
प्रधानमन्त्रीसँगै मन्त्रीपरिषद् सदस्यहरूको पनि शपथ गराइने तयारी छ, जसले नयाँ सरकार गठनलाई पूर्णता दिनेछ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गर्दै १८२ सिट जितेको छ। सोही उपलब्धिपछि बिहीबार मात्र शाहलाई संसदीय दलको नेता चयन गरिएको थियो।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गरेका शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रभावशाली जित दर्ता गरेका थिए। यसअघि नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।
नयाँ नेतृत्वसँगै देशले अब राजनीतिक स्थायित्व, सुशासन र विकासतर्फ नयाँ गति लिने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
गाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु
१३ घण्टा अगाडि
2.4kViews 344 Shares Share on Facebook Share on Twitter दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा…



