
हत्यामा सम्लग्न दुइजना पक्राउ
ललितपुरको पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु, दुई जना पक्राउ

22.9kViews
187
Shares
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चैत २५ गते साँझ भएको छुरा प्रहारबाट घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन्।
दुई पक्षबीचको विवादका क्रममा पेटमा गहिरो चोट लागेका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरका ३२ वर्षीय सञ्जीव नेपाली र २१ वर्षीय गगन सुनारलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





