
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट

काठमाडौं — नेपाल वायुसेवा निगमको अपरेसन विभागमा देखिएको विवादास्पद ‘क्रु ट्रेनिङ’ प्रकरणमा अन्ततः चलखेल प्रयास असफल भएको छ। अपरेसन निर्देशक क्याप्टेन ले आफ्ना सम्धी लाई प्राथमिकता दिँदै एयरबस ३२० तालिमका लागि विदेश पठाउने प्रयास गरेका थिए, तर अन्तिम समयमा उक्त योजना रोकिएको हो।
निगम स्रोतका अनुसार, स्वाभाविक रूपमा पालो पर्खिरहेका वरिष्ठ पाइलट लाई उक्त तालिमका लागि छनोट गरिएको छ। साथै, को–पाइलटका रूपमा सहभागी हुने भएका छन्।
यसअघि क्याप्टेन रिजालले १९ जना पाइलटको पालो ‘होल्ड’ गरेर आफ्ना नातेदार कोइरालालाई प्राथमिकतामा राखेको खुलासा भएपछि ले चासो देखाएको थियो। त्यसपछि निगमका कार्यकारी निर्देशक ले रिजालसँग सोधपुछ गरेका थिए।
विवाद बढ्दै गएपछि निगमले कोइरालाको विदेश तालिम स्थगित गर्ने निर्णय लिएको एक अधिकारीले जानकारी दिएका छन्।
यस प्रकरणले नियुक्ति र तालिम प्रक्रियामा पारदर्शिता र निष्पक्षताको प्रश्न पुनः उठाएको छ। कोइरालाको नियुक्ति नै यसअघि विवादमा परेको थियो—उनी उमेरहद पार गरिसकेपछि करारमा नियुक्त भएका थिए, र नियुक्तिपछि बुझाउनुपर्ने धरौटीसमेत समयमै नबुझाएको तथ्य बाहिर आएको छ।
यसैबीच, अपरेसन निर्देशकको कार्यालयबाटै प्रश्नपत्र उपलब्ध गराउने गरी लिखित परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको विषयले पनि थप प्रश्नहरू खडा गरेको छ।
यो घटनाले भित्रको व्यवस्थापन प्रणाली र सुशासनप्रति गम्भीर बहस सुरु गराएको छ।
समाज
थप सामाग्री-
आज भदौ २९ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्कीविरुद्ध निरन्तर प्रहार : कतै खगेन्द्र सुनार परिचालित त छैनन्?
-
प्रहरी नेतृत्वविरुद्ध सांसद सुनारको निरन्तर आक्रमण : प्रश्न उठाउने अधिकार कि व्यक्तिगत स्वार्थ ?
-
तीजमा पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, विभिन्न स्थानमा तोकियो पार्किङ
-
‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ नारासहित राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
पशुपति परिसरको रहस्यमय विरूपाक्ष : जसलाई कलियुगको अन्त्यसँग जोडिन्छ
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरनजिकै रहेको प्राचीन ढुंगाको मूर्ति ‘विरूपाक्ष’ धार्मिक…





