

लेन उल्लंघनमा सभामुख अर्यालकै गाडी कारबाहीमा, सिंहदरबारमै ट्राफिक प्रहरीको ‘एक्सन’

काठमाडौं । लेन उल्लंघन गरेको आरोपमा सभामुख डोलप्रसाद अर्याल चढेको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। थापाथली क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेपछि अर्याल सवार गाडीसहित अघिपछि हिँडेका अन्य सवारीसमेत नियन्त्रणमा लिएर चिट काटिएको हो।
ट्राफिक प्रहरी स्रोतका अनुसार नियम उल्लंघन पुष्टि भएपछि प्रहरी टोली सिंहदरबारसम्मै पुगेर कारबाही प्रक्रिया अघि बढाएको थियो। सिंहदरबार परिसरमा तीन वटा गाडीलाई औपचारिक रूपमा चिट काटिएको बताइएको छ।
उच्च पदस्थ व्यक्तिको सवारीमा समेत नियम उल्लंघन हुँदा ट्राफिक प्रहरीले बिना भेदभाव कारबाही गरेको यस घटनालाई कडाइका साथ नियम कार्यान्वयनको उदाहरणका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता
-
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
-
लगातारको वर्षाले कर्णाली राजमार्ग पुनः अवरुद्ध, रातिमाटामा सडक भासियो
-
बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा
-
बहुआयामिक चुनौतीका बीच कर्तव्यपथमा अडिग नेपाल प्रहरी
थेराङ खोलाको बाढीले चार घर र झोलुङ्गे पुल बगायो
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter गोरखा । गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने…





