नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा- डा. रोशन

काठमाडौं माघ २९ ।
नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा धरान स्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका वरिष्ठ विशेषज्ञ डा. रोशन प्रसाद शाह कलवार निर्वाचित भएका छन्।
शुक्रवार भएको निर्वाचनमा उनका प्रतिद्वन्दी सोहि अस्पतालका एनाटोनी विभागका डा. सन्दीप शाह लाई १ मतान्त्तरले डाक्टर कलवार विजयी भएका हुन्। डा. कलवार सहित ९ जनाको कार्यसमिति निर्वाचित भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा प्रविद गजुरेल, उपाध्यक्षमा निरज रेग्मी (निर्विरोध ) निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डा. निर्मल प्रसाद साह, कोषाध्यक्षमा डा. श्यामप्रसाद काफ्ले निर्विरोध चयन भएका छन्।
३ वर्षको कार्यकालका लागी भएको निर्वाचनमा सुनसरी जिल्लाभरका विभिन्न अस्पतालमा कार्यरत १६७ जना (डाक्टर ) चिकित्सहरुले भोट हालेका थिए ।
अध्यक्ष पदमा चयन भएपश्चात डा. कलवारले बिरामी हाम्रालागि भगवान हुन उनीहरूलाई राम्रो सेवा सुविधा दिने छु, बिरामी ठगिनु हुदैन, ठगिनुबाट जोगाउने छू, साथै डाक्टरहरुको पेसागत हाक हितका निम्ति सदै तत्पर रहने छु, भनेका छन् । चिकित्सा शिक्षा सुधार गर्दै चिकित्सा अध्ययनरत विद्यार्थीहरूको हक, हित र सहजताका लागि नेपाल चिकित्सक संघको स्थापना भएको हो । यसका साथै चिकित्सकहरुको सम्बन्ध सुदृढ गरी विरामी तथा सेवा ग्राहीहरुको सहजताको सिर्जना गर्नु पनि संघको उदेश्य रहेको बताइएको छ।
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…